क्लर्कको गल्तीले चम्कियो भाग्य, जिते १५ करोडको चिट्ठा

काठमाडौं । भनिन्छ भाग्य कुन बेला कहाँ चम्किन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । यस्तै एक घटना एक ५७ वर्षीय व्यक्तिको साथमा पनि भएको छ ।

रातारात उक्त व्यक्तिको भाग्य चम्किएको छ । उनी आम मानिसबाट सिधै करोडपति बनेका छन् । उनी करोडपति हुनुको पछाडि एक क्लर्कको गल्ती रहेको छ । उनले गलत टिकट थमाइदिएका थिए । तर त्यहि टिकटका कारण उक्त व्यक्तिले २ मिलियन डलर चिट्ठा जितेका छन् । यो कुरा थाहा पाउँदै उनी अचम्मित बनेका थिए ।

यो घटना अमेरिकाको मिशिगनको हो । त्यहाँ बस्ने एक ५७ वर्षका व्यक्तिले ट्रकमा हावा भर्ने ईस्टपोइन्टमा एक ग्यास स्टेशनमा गएका थिए । उक्त व्यक्तिले भने कि,चेन्ज लिनको लागि स्टेशनको क्लर्कसँग गएको थिएँ ।

उनले त्यहाँ क्लर्कबाट १० डलर वाला ७ स्क्रयाच अफ टिकट दिनको लागि भने । तर टिकट लिने बेला गल्तीले क्लर्कले उनलाई २० डलरको टिकट दिए ।

पछि जब क्लर्कले देखेर त्यो टिकट फिर्ता गर्न भने तर उक्त व्यक्तिले टिकट राख्ने फैसला गरे ।

पछि चिट्ठाको घोषणा भयो र उनलाई २ मिलियन डलरको चिट्ठा पर्यो । त्यसपछि उनको खुशीको कुनै सिमाना रहेन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?