काठमाडौं । यदि कसैले सानो घर किन्न चाहान्छ भने उसले त्यो घर धेरैपटक हेरेर मात्र किन्ने गर्दछ ।
उसले आफ्नो परिवारलाई देखाउँछ र परिवार जब सहमत हुन्छ, तब मात्र घर किन्छ । यसैबीच आयरल्यान्डमा भने एउटा अनौठो घटना भएको छ।
जहाँ घरैमा बसिरहेको एक व्यक्तिले ह्वाट्सएपको माध्यमबाट ६.३ बिलियन डलरमा एक आईल्याण्ड किनेका छन् ।
ह्वाट्सएपमा भएको यो सम्झौताको अहिले विश्वव्यापी रूपमा चर्चा भइरहेको छ। उक्त व्यक्तिले यस हर्स नामको यो टापु र यसको सम्पत्ती भिडियोमा मात्र देखेका थिए।
हर्स टापु १५७ एकड क्षेत्रफलमा फैलिएको छ
रिपोर्टका अनुसार हर्स टापु आयरल्याण्डको दक्षिण पश्चिममा १५७ एकड क्षेत्रफलमा फैलिएको छ। उक्त व्यक्तिलाई यसको बारेमा थाहा भएपछि उनले आफैँले यसलाई किन्ने विचार गरेका थिए ।
युरोपियन मानिसले यो टापु किन्नको लागि डिलरलाई सम्पर्क गरे। यसैबीच, डिलरले उनलाई आएर टापु हेर्न भने, तर लकडाउनको कारण उनी जान सकेनन्।
त्यसपछि व्यापारीले उनलाई टापुको एक भिडियो टूर दिए। उनलाई भिडियो कल मार्फत हर्स टापुमा सम्बन्धित सबै कुराको बारेमा जानकारी गराइएको थियो।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया