शेयर बजारमा लगातार तेस्रो सर्किट, आजको लागि कारोबार बन्द

काठमाडौं । आइतवार शेयर बजारमा सवा घण्टामै ६ प्रतिशतले बढेर तेस्रो सर्किट लागे आजको लागि कारोबार बन्द भएको छ ।

आइतवार शेयर कारोवार मापक नेप्से ८४.२६ अंकले बढेर १४ सय ७९ विन्दुमा पुगेको छ ।

आइतवार ११ बजे खुलेको बजार ५ मिनेटमा नै पहिलो सकारातक सर्किट लागेको थियो ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार २० मिनेट पछि फेरि शुरु भएको कारोबार १२ बजेर ८ मिनेट जाँदा पुरै दिनको लागि स्थगित भएको हो ।

आज ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको कोरोबार भएको छ । आज जम्मा ६६३ वटा कारोबार मार्फत १ लाख ८० हजार ५९६ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?