काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मौद्रिक नीति सार्वजनिक गरेको दुई दिनपछि आज नेपाल धितोपत्र बोर्ड (सेवोन) ले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले आज श्रव्य, दृश्यका माध्यमबाट सार्वजनिक गरेको कार्यक्रममा धितोपत्र बजारलाई थप विस्तार गर्ने विषय समावेश रहेको छ ।
उनले नेपाल स्टक एक्सचेञ्जमार्फत हुने कारोवारलाई थप व्यवस्थित र विद्युतीय माध्यमबाट हुने गरी आवश्यक व्यवस्थापन गर्ने तथा शेयर खरिद बिक्रीलाई थप समायनुकूल बनाउने विषय कार्यक्रममा समावेश भएको जानकारी दिए ।
अध्यक्ष ढुङ्गानाले नेप्सेको टे«डिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) लाई प्रभावकारी बनाउने व्यवस्था मिलाउने उल्लेख गर्दै शेयर खरिद गरेको तेस्रो दिन खातामा आउने र बेच्नेले पनि सोही अवधिमा खातामा पैसा पाउने व्यवस्था रहेकामा त्यसलाई परिवर्तन गरेर दोस्रो दिनमै बेच्नेको खातामा पैसा र किन्नेको खातामा शेयर जम्मा हुने व्यवस्था गरिएको जानकारी दिए ।
बोर्डले त्यसलाई ‘धितोपत्र कारोवारमा टी प्लस टु’ अवधारणा भनेको छ । यस्तै बोर्डले विभिन्न विशिष्टिकृत लगानी कोष सञ्चालन गर्न अनुमति दिनेसमेत वार्षिक कार्यक्रममा समावेश गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया