उत्तर कोरियासँग वार्ताका लागि अमेरिकाले राख्यो कडा शर्त

वासिंगटन, १४ फागुन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उत्तर कोरियासँग वार्ताका लागि उसको परमाणु कार्यक्रम अन्त्य गर्नुपर्ने बताएको छ दक्षिण कोरियामा रहेको उत्तर कोरियाली प्रतिनिधिमण्डलले अमेरिकासँग वार्ताका लागि इच्छुक रहेको बताएको समाचार बाहिर आएलगत्तै ह्वाइट हाउसले वाताएका लागि कडा शर्त तेस्र्याएको हो शीतकालीन ओलम्पिकका क्रममा उत्तर र दक्षिण कोरियाबीच सम्बन्धमा सुधार आएको संकेत देखिइरहेका बेला अमेरिकाले लगाएको प्रतिबन्धलाई उत्तर कोरियाले युद्धको गतिविधि भन्दै निन्दा गरेको छ आफ्ना खेलाडी र खेलाडीलाई हौस्याउने ‘चियर लिडर’ हरू बाहेक उत्तर कोरियाली नेताकी बहिनी किम यो–जोङले ओलिम्पिकको उद्घाटन समारोहमा भाग लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?