बेइजिङ, १४ फागुन । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले संविधानमा दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने प्रावधानलाई हटाउने प्रस्ताव गरेको छ यो प्रस्ताव पारित भएमा वर्तमान राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने बाटो खुला हुनेछ । सीपीसीमा सीको बलियो पकड रहेका कारण यो प्रस्ताव पारित हुने अनुमान गरिएको छ आगामी सन् २०२३ मा कार्यकाल सकिएपछि पनि सीले राष्ट्रपतिकै भूमिकामा रहन खोजेका छन् । गत वर्षको अक्टोबरमा भएको महाधिवेशनले सी जिनपिङ विचारधारा पारित गर्दै उनको विचारलाई संविधानमा उल्लेख गर्ने निर्णय गरेको थियो महाधिवेशनको यो निर्णयसँगै उनलाई माओत्से तुङपछि उनलाई सबैभन्दा शक्तिशाली नेताको रुपमा मानिएको छ । महाधिवेशनले सीको कुनै उत्तराधिकारी चयन गरेको थिएन जसबाट सी पुनः राष्ट्रपति बन्ने अट्कल गरिएको थियो । सन् १९५३ मा जन्मिएका उनी १९७४ मा पार्टीमा जोडिएका थिए । सन् २०१३ मा राष्ट्रपति बनेका उनको कार्यकाल आगामी २०२३ मा सकिने थियो उनको कार्यकालमा चीनमा आर्थिक सुधार, भ्रष्टाचारविरोधी अभियान र राष्ट्रवादमा नयाँ सुरुवात गरेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया