काठमाडौं । शेयर बजारमा आज पनि सर्किट लाग्ने क्रम जारी रहेको छ ।
आइतवार तीन पटक सर्किट लागेपछि कारोवार बन्द गरिएको थियो ।आज शेयर बजार खुलेको केही मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
आज बजार खुलेको केही मिनेटमा नै सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । सर्किट ब्रेक पश्चात खुलेको बजार ७४ अंकले बढिसकेको नेप्सेले जनाएको छ । अहिलेसम्म नेप्से परिसुचक ५ प्रतिशतले बृद्धि भएको छ । भने अहिले दोस्रो सर्किट लागेको छ ।
यस अवधीसम्ममा ९ करोड भन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै अहिलेसम्म २ लाख २३ हजार ६ सय ९६ शेयरको ८ सय ६४ पटक कारोबार भएको छ । हालसम्म १२२ कम्पनीको कारोबार भएको नेप्सेले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया