काठमाडौं । शेयर बजारमा सोमवार पनि सर्किटले निरन्तरता पाएको छ । आज ११ बजे खुलेको शेयर बजार १ मिनेटमा नै सर्किट लाग्यो । आइतवार ३ पटक सर्किट ब्रेक भएर कारोवार बन्द भएको थियो ।
त्यस्तै आइतबारको तुलनामा ४ प्रतिशतले बजार बढेपछि सर्किट लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
नेप्सका अनुसार सोमवार २० मिनेट स्थगित भएपछि कारोबार खुल्यो। फेरि पनि १ मिनेट नपुग्दै दोस्रो सर्किट लाग्यो। दोस्रो सर्किटपछि । बजार ५ प्रतिशतले बढेको थियो ।
त्यस्तै ४० मिनेटसम्म कारोबार स्थगित भएको थियो । करिब १२ बजे बजार खुलेपछि भने बजार उचारचढाव हुन थालेपछि ३ बजे कारोबार बन्द भएको थियो । अघिल्लो दिनको तुलनामा नेप्से १४ अंकले घटेको नेप्सेले जनाएको छ ।
सोमबारको कारोबारपछि परिसूचक १४ सय ६४ अंकमा कायम भएको छ। दिउँसो बजार १५ सय ५६ अंकसम्म पुगेको थियो।
आज नेप्सेमा २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ। जसमध्ये बैंकिङ समूह ३, विकास बैंक १६ र फाइनान्स १ अंकले बढेका छन् । भने व्यापार ३७, होटल ६६, जलविद्युत १२, निर्जीवन बीमा समूह ४१, उत्पादन १२७, अन्य २२, माइक्रोफाइनान्स ८७, जीवन बीमा समूह १८८ अंकले घटेको नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया