हेर्नुहोस् २०७७ साल साउन ६ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साउन ०६ गते । मंगलवार । इ.स.२०२० जुलाई २१ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । ने.सं. ११४० बछलागा । श्रावण शुक्लपक्ष । तिथी– प्रतिपदा,२१ बजेर ४३ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–तिष्य,२१ बजेर ३९ मिनेट उप्रान्त अश्लेषा ।

योग बज्र,१९ बजेर २४ मिनेट उप्रान्त सिद्धि । करण किंस्तुध्न ,१० बजेर १७ मिनेट उप्रान्त बव,२१ बजेर ४३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–प्रवर्द्ध योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ५ बजेर २१ मिनेटमा, सूर्यास्त १८ बजेर ५७ मनेटमा । दिनमान ३३ घडी ०८ पला । गुँलाधर्म प्रारम्भ। सर्वार्थसिद्धि योग २१ बजेर ३९ मिनेट देखि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईकेको काम अरुले नै फुत्काउनेछन् ।

घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्यम रहेको छ । तर पनि शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखि काम गर्ने सकिनेछ । दाजुभाई,आफन्त तथा छिमेकिका साथ रमाईलो गर्दै दिन व्यतित हुनेछ । व्यापार व्यवसायमा लगानी गरी पछिको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ ।

प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाई लेखाई प्रगतिकै बाटोमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाई लेखाईमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ ।

परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउँदै बढ्न सकिनेछ । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्यम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिने हरुका लागि समयले साथ दिनेछ ।

अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुशी हुनेछन् । प्रमेमा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धी मुलक कामहरु हुनेछन् ।

विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्यम रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पैत्रिक धन तथा सम्पत्तीको प्रयाग तथा परिचालन मार्फन मनग्गे धन सम्पती जोड्न सकिनेछ । बैंक तथा बित्तिय क्षेत्रमा लगानी हुनेहरुका लागि कारोवारमा सुधार हुनेछ । विद्यार्थीहरुका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ ।

ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिने हुदा मन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कार्यक्षेत्रमा केहि कमि कमजोरी बाहिरीनाले ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाई लेखाईमा आफ्नै कमजोरिले नतिजा अरुतिरै जानेछ ।

सरकारी तथा प्रशासनिक काममा ढिला सुस्तिको कारणले अन्य काम प्रभावित हुनेछन् । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्यम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । धेरै समय दिएमात्र व्यापार व्यवसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ ।

अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्यम रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

भौतिक स्रोत साधनको प्रयोग मार्फत व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा व्यापारकै शिलशीलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ ।

साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।

प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाई लेखाईमा गरीएको मिहेनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । राम्रोसँग मिहेनत गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा आफ्नै कारणले कमजोरि गरेको भान हुनेछ । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउँन सकिनेछ ।

भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्यम रहेको छ । तर पनि मिहेनत गर्दा ईज्जत प्रतिष्ठामा वृद्धि गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?