महालक्ष्मी विकास बैंकको कायममुकायम सिईओमा सागर शर्मा नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सागर शर्मालाई नियुक्त गरेको छ । यसअघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

गत साउन २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई कामु सिईओमा नियुक्त गरेको हो । सोमवार एक कार्यक्रमकाबीच केन्द्रिय कार्यालय दरबारमार्ग उनलाई स्वागत गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका नियुक्त कायममुकायम सिईओ शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाएका छन् ।

त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?