काठमाडौं । साउने सक्रान्ति
श्रावण महिनाको पहिलो दिन सक्रान्तिको दिन बेलुका दीप,कलशको पूजनका साथै कण्डारक देवताको पूजा गरी लूतो फाल्ने काम गर्नुपर्दछ । यसो गर्नाले लूतो आदी छाला चिलाउने रोग हुँदैन ।
सोमवारे व्रत ।
श्रावण महिनाको विधिपूर्वक सोमवार व्रत गर्नुपर्दछ । समर्थ व्याक्तिले उपवास गर्नुपर्दछ । अथवा नक्तभोजन गर्नुपर्दछ । विशेष गरेर प्रदोष आदि गुणले सम्पन्न श्रावणको सोमवारका दिन शिवपूजाको ठूलो महत्व छ । प्रदोष आदि नभए पनि सोमबारका दिन शिवको पूजा तथा आराधना गर्नुपर्दछ । यसरि जसले श्रावणको सोमवारका दिन भगवान् शिवको आराधना गर्दछन् तिनीहरुका निमित्त इहलोक र परलोकमा दुर्लभ भन्ने वस्तु हुदैन ।
सोमवारको वेत लिने मानिसले पवित्र भएर आफ्ना ईन्द्रियहरुमाथि संयम गरी वैदिक अथवा लौकिक मन्त्रहरुद्धारा विधिवत् शिवको पूजा गर्नुपर्दछ । व्रहचारी,गृहस्थ,कन्या,सथवा नारी अथवा विधवा नारी जसले सोमबारको दिन शिवको आराधना गर्दछन् तिनीहरुले आफूले चिताएको फाल प्राप्त गर्दछन् । पुत्रहीन व्याक्तिले पुत्र प्राप्त गर्दछन् ,निर्धन समृद्धशाली बन्दछ र बिद्या नभएको मानिसले विद्या प्राप्त गर्दछ भन्ने कुरा धर्मका ज्ञाताहरुले बताएका छन् ।
श्रावणशुक्ल पञ्चमी अर्थात नागपञ्चमी ।
श्रावणशुक्ल पञ्चमीलाई नागपञ्चमी भनिन्छ । यसमा दोस्रो पञ्चमी दिईन्छ । चमत्कार चिन्तामणिमा भनिएको छ– नागपूजामा पछिल्लो तिथि अर्थात षष्ठिले यूक्त पञ्चमी लिनुपर्दछ । यसो गर्दा नागहरु प्रशन्न हुन्छन् । अरु पञ्चमी चतुर्थिसिहत लिनु नै राम्रो मानिन्छ ।
यहि कुरा मदनरत्नमा भनिएको छ –श्रावणशुक्ल पञ्चमीलाई नागपञ्चमी भनिन्छ । अरु पञ्चमी चतुर्थिसिहत लिनु नै राम्रो मानिन्छ । भविष्यपुराणमा भनिएको छ–श्रावणमासको शुक्लपञ्चमीको दिन आफ्ना घरको ढोकाको दुवैतर्फ गोबरले विषालु सर्पको चित्र लेखेर टाँस्नुपर्दछ । अथवा मूर्ति बनाउनु पर्दछ । ती चित्र वा मूर्तिमा दही,दूबो,कुश,गन्ध,पुष्य,नैवेद्य आदिले पूजा गर्नुपर्दछ । ब्रहणहरुलाई तृप्त गराउनुपर्दछ । जसले नागपञ्चमीको दिन नागको पूजा गर्दछन् तिनलाई कहिल्यै सर्प भए हँदैन । यो वर्षको साउन १० गने नाग पञ्चमी परेकोछ ।
श्रावणशुक्ल द्वादशी
श्रावणशुक्ल द्वादशीमा दघिव्रत गर्नुप्रर्ने कुरा बताइएको छ । त्यो दिन दही खान निषेध गरिएपनि मही खान निषेध गरिएको छैन । किनकी महीमा दहीको व्यावहार कहिलै पनि गरिँदैन ।
रक्षाबन्ध र जनैपूर्णिमा
भविष्यपुराणमा भनिएको छ– रक्षाबन्धनमा घरको वीचमा लिपपोत गरेर वेदी तयार गरि ४ दिशामा चार कलशको स्थापना गर्नुपर्दछ ।
शुभ मुहूर्तमा अमात्यहरुका साथ आसनमा बसेका राजाकोे हातमा पुरोहितले मन्त्रपूर्वक रक्षा बाँध्नु पर्दछ । अर्को अर्थमा सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल” मन्त्रको प्रयोग गर्दछन् । रक्षाबन्धनको समय भद्रा पर्न गएमा त्यो समय पार गरिसकेपछि रक्षा बाध्नुपर्दछ ।
त्यस्तै तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ । यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।
स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूणिर्मासमेत भनिन्छ । रक्षाबन्धन र जनैपूर्णिमा साउन १९ गते सोमबारको दिन परेकोछ ।
ज्यो.दुर्गा भण्डारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया