‘बटर चिकेन’ खान ३२ किलोमिटर हिँडे यी मानिस, तिर्नुपर्यो १.९६ लाख रुपैयाँ !

काठमाडौं । कोरोना भाइरसको कारण सारा देशले लकडाउन लागू गर्दा एक व्यक्तिले भने यसैबीचमा बटर चिकेन खान भनेर ३२ किलोमिटरको यात्रा गरेका छन् ।

अष्ट्रेलियाको मेलबर्नमा यो अनौठो घटना भएाके हो । जहाँका एक व्यक्तिले बटर चिकेन खान भनेर ३२ किलोमिटरको यात्रा गरेका थिए ।

उनलाई बटर चिकेन खानु नै महंगो साबित भएको छ । उनले उक्त समयमा लकडाउन तोडेकोले १ लाख ९६ हजार ८०० रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई १ हजार ६५२ डलर फाइन लगाइएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?