वर्ष ९३ : अपराध पाँच हजार जनाको हत्याका दोषी

काठमाडौं । जर्मनीको बर्लिनमा एक ९३ वर्षका व्यक्तिलाई पाँच हजार मानिसहरुको हत्यामा सहभागी भएको भन्दै दोषी ठहर्याइएका छन् ।

यो आजका दिनको नभएर दोश्रो विश्वयुद्धताकाको हो । जब नाजियोहरुले यहूदीलाई मारेका थिए ।

यो बेलालाई संसारमा एक मानवसंहारको रुपमा लिने गरिन्छ । ब्रुनो डी नामका यी व्यक्तिलाई ५ हजार २३२ जनाको हत्या गरेकोमा सहयोगी पाइएको बताइएको छ ।

उक्त आरोपीलाई बिहीवार कोर्टमा पेस पनि गरिएको छ ।

ह्यम्वर्गको कोर्टले ९३ वर्षीय ब्रुनोलाई ति सबैको हत्यामा सहयोगी बनेको पाइएको बताएको थियो । उनले पीडित परिवारसँग माफी पनि मागेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?