भाइबरले ल्यायो नयाँ रियाक्सन फिचर

काठमाडौं । राकुटेन भाइबरले यसको प्लेटफर्ममा रहेको लाइक फिचरलाई अर्को स्तरमा पर्‍याउन कम्यूनिटिहरुमा सन्देश प्रतिक्रियात्मक सुविधा शुरु भएको जानकारी गराएको छ । विश्वव्यापी रुपमा तत्काल सन्देश प्रवाहित हुने माग बढिरहेको सन्दर्भमा भाइबरले आफ्ना प्रयोगकर्ताहरुको सिर्जनात्मक क्षमता विस्तार हुने गरी उनीहरु आफैले सन्देश मार्फत् आफ्नोे भाव पूर्ण रुपमा अभिव्यक्त गर्न सक्ने सुनिश्चित्ता गरेको कम्पनीले जनाएको छ ।

सन्देशहरुमा आफ्नोे प्रतिक्रिया व्यक्त गर्न प्रयोगकर्ताहरुले कुनै सन्देशको अर्को छेउमा रहेको हार्ट आइकनलाई एकैछिन ट्याप गरेर आफ्नो लाइक, हाँसो, आश्चर्य, दुःख, वा क्रोध भाव जनाउन सक्छन् । यी विभिन्न किसिमका भावावेगहरुले प्रयोगकर्ताहरुलाई उनीहरुको कम्यूनिटिमा सेयर गरिएको मेसेज, मिडिया वा अन्य फाइलहरु प्रति राम्ररी प्रतिक्रिया दिन सशक्त बनाउने कम्पनीको दावी छ । सञ्चार दुई तर्फि बाटो हो र त्यसैले प्रयोगकर्ताहरुलाई उनीहरुको सन्देशमा उनीहरुका साथीभाइहरुले के कस्तो प्रतिक्रिया दिएका छन् भनेर जान्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यसो गर्नका लागि प्रयोगकर्ताहरुले सन्देशलाई धेरैबेर ट्याप गरेर “इन्फो” चयन गरी आफ्नोे सन्देशमा अरुहरुले व्यक्त गरेकोे बृहत्तर किसिमका अभिव्यक्तिहरु हेर्न सक्नेछन् ।

“भाइबर आफ्ना प्रयोगकर्ताहरुले सबैभन्दा सटिक तरिकामा आफूलाई व्यक्त गर्न सकुन् भन्ने प्रति प्रतिबद्ध छ । सन्देश पढिरहेको बेला हार्ट फिचर मार्पm्त केवल ‘लाइक’ गर्नाले भावावेगहरुको व्यापकतालाई समाहित गर्न नसकिने भएकाले हामीले अझ धेरै गर्न जरुरी देख्यौँ । यो सन्देश प्रतिक्रियात्मक सुविधाले प्रयोगकर्ताहरुलाई सबैभन्दा सही तरिकाबाट प्रतिक्रिया व्यक्त गर्न सबल गराउँछ ।” भाइबरको सिइओ ओफिर एयालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?