काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले तीव्र रुपमा फैलिरहेको छ । वैज्ञानिकहरु यो महामारीविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर अहिलेसम्म पूर्ण सफलता भने हात पर्न सकेको छैन ।
यसैबीच भारतमा पनि कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गईरहेको छ । भारतको मध्य प्रदेशस्थित सिहोर जिल्लाको बुधनीमा स्वास्थ्य विभागको गम्भीर लापरवाहीको केस साम्ने आएको छ ।
त्यहाँ एक कोरोना पोजेटिभलाई एम्बुलेन्स लिन नगएपछि उनले स्वयं नै पीपीई किट लगाएर आफैँले बाइक चलाउँदै अस्पताल पुगेका छन् ।
यो घटनाबारे अहिले सिसिटिभीको भिडियोमा हेरेपछि भिडियो भाइरल बनिरहेको छ । स्वास्थ्य विभागको यस्तो लापरवाही भएको भन्दै सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ ।
यस्तै घटना नेपालमा पनि केहि समय अगाडि भएको थियो । जहाँ नुवाकोटका पहिलो कोरोना संक्रमित व्यक्ति नुवाकोटबाट आफैँ बाइक चलाएर काठमाडौं आएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया