कण्डम फुटेको रात

-कर्मसहि घर्ती मगर

चिन्ता नगर कालीकी आमाजे होला होलाहुर्किनदिउँ तिम्रो पेटको बच्चालाई !अब फेरि एवार्सन गर्ने कुरा नगरअब फेरि डिष्ट्रोयट गर्ने कुरा नगरजन्मिनदिउँ तिम्रो पेटको बच्चालाई !!किन सम्झिएर अशान्त पार्नु आफ्नै मनलाईकिन चुक्चुकाई बस्नु भन त ,सम्झि सम्झि त्यो कण्डम फुटेको रातलाई !!!संगिनी सुई घोँच्दा घोँच्दाशिथिल बनेको थियो तिम्रो शरीरकमजोर बनेका थिए तिम्रा अवयवहरुदुरुह बनेको त्यो तिम्रो मानसिकताम हेर्न सकिनँ सत्य !म हेर्न सकिनँ !एकदिन स्वास्थ्यकर्मीको सुझाबमाभित्र्याएँ मैलेअस्थायी साधनको रूपमा कण्डम !हामी यसैको प्रयोग गर्थ्याैँ हरदमहामी खुसी थियाैँ झन् झन्तर अपशोच छ मलाईप्रयोग गर्न जानेनाैँ कि कसो ,कसरी फुट्यो होला है कालीकी आमा ,हामीले प्रयोग गरेको कण्डम !?बरु आफ्नो स्वास्थ्य ख्याल गरहामीले सकुसल जन्माउनु छ छोरा या छोरीयो धर्तीमाबरु कसरी हुर्काउने प्रबन्ध मिलाउँयो बच्चोलाईयुग सुहाउँदो संस्कार दिऊँसमयनुसार शिक्षा दिऊँतर घरिघरि मन नदुखाऊ उहीँ बातलाईसम्झिएरत्यो कण्डम फुटेको रातलाई !यदि छोरी जन्मियो भनेत्यसलाई न्यानो सत्कार दिऊँमीठो ममता दिऊँगतिलो शिक्षा दिऊँताकि ऊ भविष्यमामदर टेरेसा हुन सकोस्प्लोरेन्स नाइटिङ्गेल बनोस्पारिजात बनोस्अथवा समयानुसार केही बनोस्यदि छोरो जन्मियो भनेत्यसलाई न्यानो सत्कार दिऊँमीठो ममता दिऊँगतिलो शिक्षा दिऊँताकि ऊ भोली गएरआइन्स्टाइन बनोस्बुद्ध बनोस्अथवा उसको चेतनानुसार बनोस्छोरा या छोरीको भेद नगराैँबरु उसलाई बिग्रिनबाट जोगाउँलाउसलाई कुसँगतमा खबरदारी गराैँलाताकिहाम्री छोरी दुनियाँले थुक्ने नहोस्दुनियाँका प्यासी नजरले चुट्ने नहोस्हाम्रो छोरो दुनियालाई थग्ने नहोस्दुनियाँलाई लुट्ने नहोस्त्यसैलेहामीले मीठो संस्कार दिऊँताकिऊ भविष्यमा चरी नहोस्घैँटे नहोस्मनोज नहोस्र हाम्रै आँखाको डिलमाइन्काउन्टरको नाममा बीभत्स तरीकाले नमारियोस्अब सहजपनमा बच्चा जन्माउनतिमी राजी हुनु पर्छहाम्रो अर्थले भ्याउँदैन भनेर पीर नगरयो बच्चाले गर्दा तिमी चिन्तामा नपरजे होला होलाहुर्किनदिउँ तिम्रो पेटको बच्चालाई !अब फेरि एवार्सन गर्ने कुरा नगरअब फेरि डिष्ट्रोयट गर्ने कुरा नगरजन्मिनदिउँ तिम्रो पेटको बच्चालाई !!किन सम्झिएर अशान्त पार्नु आफ्नै मनलाईकिन चुक्चुकाई बस्नु भन त ,सम्झि सम्झि त्यो कण्डम फुटेको रातलाई !!!१४ फाल्गुन , २०७४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?