आकाश र आँचलको ‘ब्ल्याक’ जोडी, रिलिज भयो फस्ट लूक

काठमाडौं, १४ फागुन – ०७५ को जेठ ४ गते रिलिज हुने चलचित्र ‘ब्ल्याक’ को फस्ट लूक सार्वजनिक गरिएको छ । आकाश श्रेष्ठ र आँचल शर्मालाई केन्द्रमा राखी तयार पारिएको पोस्टर आकर्षक छ आकाश र आँचलको प्रेम अभिव्यक्ति व्यक्त गर्ने गरी पोस्टर तयार पारिएको छ । पल शाह बाहेक अरु कलाकारसँग खासै नदिखिएकी आँचल यस फिल्ममा आकाशसँग देखिएकी छिन् चलचित्रलाई एक्सन लभ स्टोरी भनिएको छ । निर्देशक प्रदीप श्रेष्ठले चलचित्रले हलमै फिल्म हेर्न नजाने दर्शकलाई पनि हलसम्म तान्ने बताए । ‘दर्शकको मनोभावना बुझेर हामीले फिल्म बनाएका छौं’, निर्देशकले बताए फिल्ममा महेश खड्का र प्रतीक पौडेलले संगीत भरेका छन् । त्यस्तै फिल्मलाई आश्मा पाण्डेले लगानी गरेकी हुन् । साथै फिल्ममा चेतनकुमार पाण्डे कार्यकारी निर्माताका रुपमा रहेका छन्   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?