काठमाडौं । कुकुर वफादार मानिने जनावर हो । कुकुर र मालिक बीचमा एक किसिमको माया हुन्छ । आज हामी तमिलनाडुको तंजावुरमा भएको घटनाको बारेमा चर्चा गर्नेछौ । जहाँ एक ककुुरले आफ्नो मालिकलाई बचाउनको लागि ५ फिट लामो कोबरा सर्पसँग भिडेको थियो ।
कुकुरले मालिक नटराजन नामका एक किसान हुन् । जो बगैचामा कुनै काम गरिरहेका थिए तब अचानक ५ फिट लामो कोब्रा सर्प झाडिबाट निस्किएर अगाडी आयो । सर्पलाई देखेर नटराजनको हात खुट्टा काम्न थाल्यो र उनले केही सम्झन सकेनन् तर उनको कुकुर गएर कोबरा सर्पसँग भिड्न थाल्यो ।
कुकुर र सर्प लडेको देखेर नटराजन घरतीर लठ्ठी लिन दौडेको समयमा कुकुरले सर्पलाई मारीदिएछ । नटराजन फर्किदा त सर्प मरिसकेको रहेछ र रगतमा लतपतिएको रहेछ ।
नटराजनले तुरुन्त कुकुरलाई गलामा राखे तर केहि समय पछि कुकुरको पनि मृत्यु भयो । उनी आफ्नो कुकुर मरेपछि धेरै रोए । उनको ज्यान कुकुरले नै बचाएका थिए । यदि आज कुकुर हुन्न थियो भने उनको ज्यान जान सक्थ्यो ।
उक्त दयालु कुकुरको कहानी सुन्नको लागि टाढा टाढाबाट मानिसहरु आइरहेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया