काठमाडौं । जनावर देखि वनस्पतिका समेत विभिन्न नयाँ प्रजाती वैज्ञानिकहरुले बनाईरहेका हुन्छन् । यसैबीच क्यालिफोर्निया यूनिभर्सिटीका वैज्ञानिकहरुले पनि एक अनौठो साँढेको प्रजाती बनाएका छन् । जसलाई क्यास्मो नाम दिइएको छ ।
यसलाई जिन्समा परिवर्तन गरिएको छ । अब यसबाट जन्मिने सबै पीढि साँढेमात्र हुनेछन् ।
यूनिभर्सिटीका डेविस यस बारेमा भन्छन्, उनको टिमले बिशेष प्रकारको साँढेको प्रजाती बनाएको छ, फूड इण्डस्ट्रीमा साँढेको धेरै माग देखेपछि यसलाई बनाइएको हो ।
कस्मो गाईको यो प्रजातीबाट विकसित यो साँढेलाई मासुको लागि प्रयोग गरिने उनीहरुले बताएका छन् । यसको माग धेरै बढेकोले यस्तो प्रजाती बनाएको उनीहरुले बताएका छन् ।
यूनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले अप्रिलमा कस्मो प्रजातीलाई जन्म दिएका थिए । त्यस बेला यसको तौल ११० पाउण्ड अर्थात् ५० किलोग्राम थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया