काठमाण्डौं, ७ असोज ।चर्चित हाँस्य कलाकार माग्ने बुढो अर्था केदार घिमिरेले एमाले अध्यक्ष केपि शर्मा ओलीले गायिका कोमल ओलीलाई लेखेको पत्र सार्वजनिक गरेका छन । राप्रपा केन्द्रीय सदस्य रहेकि कोमल एमाले प्रवेश गर्न लागेको खबर बाहिरिए संगै माग्नेले कोमललाई वयंग्य गरेका छन ।कोमलले यस अघि गाएका गीत र एमाले पार्टी प्रवेशलाई व्यंग्य गर्दै सामाजिक सञ्जाल फेसबुकमा माग्नेले लेखेका छन,
कोमललाई ओलीको पत्र ।प्यारी बैनी कोमल अबिबादन । हामि ओली ओली भएर पनि हरिबंसले छक्का पंजा २ मा गित गाएको जस्तो “म त यता किनारमा ,तिमि उता किनारमा” पो भईयो त । मलाइ काम्रेडहरुले “तिम्री कोमल राप्रपामा पोइल गई “भनेर जिस्काउछन ।मैले उनीहरुलाई “पोइल हिड्नेको भर हुदैन ,यता ल्याउन पनि सकिन्छ “भनेर आस्वासन दिएको छु । बैनी ,भूइंचालोमा परेर फुटेको हाँडी जस्तो पाटीमा अब नबस ,हामि तिमीलाई बेहुली बनाएर एमालेमा भित्र्याउन आतुर छौं साथै तिमीलाई प्रदेश सभाको चुनाबमा दाङ्गबाट टिकेट दिउँला । ओली ओली खेलौँला दोहोरी,कि कसो ? । तर एउटा शर्त पनि छ ,यता आएपछि चाहिं “ओइ शिब ओइ ,मलाइ चाहिएन पोइ ” भन्ने गित गाउनु पर्छ । “पोइल जान पाम” भन्ने गित गाउन पाउदिनौ नि !हेर बैनी, धेरै पोइल हिड्नेलाइ नयाँ लोग्नेले पनि बिश्वास गर्दैनन् रे । मुन्द्रे र माग्नेहरुले फिलिम बनाका छन रे , फूलपातीका दिन संगै हेर्न जाउँला ,चुनाब कसरि जित्ने भन्ने बिषयमा चाहि म त्यो दिन भनौंला । —— -उही तिम्रो दाइ ओली, हाल बालकोट ।
फेसबुक स्ट्याटसको अन्त्यमा माग्नेले आँफु अभिनित चलचित्र फुलपाती देखि प्रदर्शनमा आउने जानकारी पनि व्यंग्यात्मक शैलीमा दिएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया