काठमाडौं । चन्द्रमामा मानिस पुग्ने कुरा अब पुरानो भईसकेको छ । तर के चन्द्रमामा अहिले पनि एलियन छ ? यो कुराले धेरैलाई अचम्मित बनाएको छ ।
वैज्ञानिक पनि यसबाट हैरा नबनेका छन् । तर अहिले सामाजिक सञ्जल ट्वीटरमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
फिजिक्स एस्ट्रोनोमी नामक ट्वीटर अकाउण्टबाट यो भिडियो शेयर भएको छ ।
यसमा बताइएको चन्द्रमाको यो ५९ सेकेण्डको यो भिडियो क्यूबेक शहरबाट एम्याच्योर साइन्स फोटोग्राफरले बनाएका हुन् ।
यो भिडियो अहिलेसम्म अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियोमा चन्द्रमाको उत्तरी पूर्व भागमा दुई प्रकाशका अन्जान वस्तु देखिएका छन् ।
यो प्रकाश अध्यारोबाट निस्किएको छ । त्यसको छायाँ सतहमा देखिएको छ । तर अर्कोको भने देखिएको छैन ।
🌒 ( amateur footage, Quebec 26/03/20 ) pic.twitter.com/Fi5Aoyxo1Z
— Physics-astronomy (@Physicsastrono9) August 3, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया