काठमाडौं । मानिसहरु आफ्नो प्रोपर्टी बचाउनदेखि लिएर परिवारको सुरक्षाका लागि विभिन्न प्रकारका इन्स्योरेन्स गर्ने गर्छन् । तर कोहि भने पैसा कमाउनको लागि अनेक गर्छन् । यस्तै एउटा घटना ब्राजिलमा भएको छ ।
जहाँ एक वृद्ध व्यक्तिले आफ्नो कारको एन्स्योरेन्सको पैसा लिनको लागि गाडी जलाएका छन् । उनले सुनसान ठाउँमा लगेर गाडी जलाएक थिए । तर उनको सानो गल्तीले ६७३ हेक्टर क्षेत्रफलमा फैलिएको जंगल जलेर स्वाहा भएको छ ।
उक्त जंगल ब्राजिलको संरक्षित रेनफोरेस्टको भाग थियो । ६६ वर्षीय हेली बोरोसो रिटायरमेण्ट पछि आर्थिक समस्यासँग लडिरहेका थिए ।
उनलाई पेन्सन नमिलेपछि उनले यो उपाय लगाएको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया