सरकारी अस्पतालको फार्मेसी सेवा विस्तार

चितवन, १६ फागुन- जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा शुरु गरिएको आफ्नै फार्मेसी प्रभावकारी भएपछि यसलाई विस्तार गरिएको छ । निजी क्षेत्रलाई भाडामा फार्मेसी दिइँदै आएकोमा गत वर्षको कात्तिक ७ गतेबाट अस्पताल आफँैले फार्मेसी सञ्चालनमा ल्याएको थियो बाहिर मात्र फार्मेसी भएपछि औषधि किन्नेलाई लामो समय पालो पर्खनुपरेको थियो । यसलाई मध्यनजर गर्दै बहिरंग विभागमा नयाँ फार्मेसी शुरुवात गरिएको छ अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार सहजरुपमा बिरामीले औषधि पाउन् भन्ने उद्देश्यका साथ सेवा विस्तार गरिएको हो उनका अनुसार अस्पतालमा भर्ना भएर बसेका बिरामी, सघन उपचार कक्ष र शल्यक्रियाका बिरामीका लागि छुट्टै फार्मेसी व्यवस्थापन गरिँदै छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुद्र मरासीनिका अनुसार निजीमा भन्दा आधासम्म सस्तोमा बिरामीले अस्पतालको फार्मेसीबाट औषधि पाएका छन् अस्पतालको औषधि खरिद मूल्य र निजीले बिक्री गर्ने गरेको मूल्यको नाफामध्ये आधा अस्पतालले राखेर आधा बिरामीलाई छुट दिइँदै आएको उनले बताए फार्मेसी विभागका प्रमुख राजकुमार ढुंगानाका अनुसार फार्मेसी स्थापनापछि रु नौ करोड ३३ लाख ६७ हजारको औषधि बिक्री गरिएको छ । जसबाट रु दुई करोड २६ लाख अस्पताललाई नाफा भएको छ । त्यति नै रकम बिरामीले छुट्टै पाएको उनले बताए अस्पतालको सघन उपचार कक्षमा बढी प्रयोग हुने एण्टिीबायोटिक सुई पिप्रासिलिन प्लस टाजोब्याक्टस बाहिर बजारमा एक डोजको रु ५२४ पर्दछ भने अस्पतालले रु ३४४ मा बिक्री गर्दै आएको छ त्यस्तै सघन उपचार कक्षमा नै बढी प्रयोग हुने अर्को सुई म्यानकोमाइसिन निजीमा रु ६०८ पर्दछ भने अस्पतालको फार्मेसीमा रु ४३६ मा बिक्री गरिन्छ भरतपुर अस्पतालमा ६०० श्यया रहेको छ । दैनिक एक हजार भन्दा बढीले बहिरंग सेवा लिने गर्दछन् । वार्षिक ठूला शल्यक्रिया नौ हजारको हाराहारी हुने गर्दछन् । चितवन र छिमेकी जिल्लाबाट सेवा लिन बिरामी यहाँ आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?