आफ्नो ग्राहकलाई सिआरएन नं.लिन सनराइज बैंकको आग्रह

काठमाडौं, १६ फागुन । सनराइज बैंकले आफ्नो बैंकमा खाता रहेका ग्राहहरुलाई सि–आस्वा रजिष्ट्रेशन नं. (सिआएरन) लिन आग्रह गरेको छ धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिक फागुन ११ गतेदेसख आइपिओ, एफपिओ र हकप्रदको दरखास्त दिँदा अनिवार्य रुपमा सि–आस्वा मार्फत गर्नुपर्ने व्यवस्था भएपछि बैंकले सिआएरन लिन आग्रह गरेको हो सनराइजले बैंकको वेभसाइटबाट डाउनलोड गर्र्न सकिनुको साथै कुनैपनि शाखा कार्यालय मार्फत फारम प्राप्त गरि सिआरएन नं. लिन सकिने जनाएको छ । हरेक धितोपत्रमा आवेदन गर्दा सिआरएन नं. आवश्यक हुने हुँदा यथाशीघ्र लिन बैंकले आग्रह समेत गरेको छ हालसम्म हितग्राही खाता नखोलेका ग्राहकलाई सनराइज बैंकको कुनैपनि शाखा कार्यालय तथा सनराइज क्यापिटलबाट खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?