काठमाडौं । पूर्व एशियाई देश कम्बोडियाको सांसदमा युवतीहरुलाई शर्ट स्कट र पुरुषलाई शर्टलेस लगाउनमा प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरिएको छ ।
यो प्रस्तावको समर्थन गर्ने सांसदले यसले मात्रै समाजमा हिंसा ल्याएको बताएका छन् । यस्तो नियमा आएपछि घटना कम हुने उनीहरुको भनाई छ ।
साथै नमानेमा कानूनी कारवाही गरिने पनि बताइएको छ । प्रस्ताव पास भएमा यो १ जनवरी सन् २०२१ मा लागू गरिनेछ ।
यस प्रस्तावलाई केहिले भने बिरोध गरेका छन् । यो नियम नमान्नेलाई जेलको सजाय पनि हुन सक्ने बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया