दमास्कस, १६ फागुन । सिरियाको राहत क्याम्पमा महिलामाथि यौन शोषण हुने गरेको तथ्य बाहिर आएको छ । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संगठनबाट सहयोग पुर्याउन गएका पुरुष राहतकर्मीले महिलामाथि यौन शोषणा गर्ने गरेका छन् राहतकर्मीहरुले नै पुरुष राहतकर्मीले ‘सेक्स’ को बदलामा भोजन दिने गरेको बताएका छन् । तीन वर्षअघि नै दिइएको चेतावनीका बाबजुद एक नयाँ रिपोर्टमा देशको दक्षिणी भागमा यो समस्या सबैभन्दा बढी रहेको बताइएको छ संयुक्त राष्ट्रसंघ र अन्य संगठनले भने यो क्षेत्रमा काम गरिरहेका सहयोगी संगठनका विरुद्धमा यस्ता कुनै उजुरी प्राप्त भएको बताएका छन् राहतकर्मीले नै महिलामाथि ठूलो मात्रामा यौन शोषण भइरहेको र त्यसका कारण सिरियाली महिला राहत केन्द्रमा जान अस्वीकार गर्ने गरेको बताएका छन् एक राहतकर्मीले नै केही मानवअधिकारवादी संगठनहरुले यी घटनामा आँखा चिम्लिएको दाबी गरेका छन् संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको एक मूल्यांकनमा राहत सामग्रीको बदलामा महिलामाथि यौन शोषण भइरहेको जनाएको थियो । संगठनले यो मूल्याकन गत वर्ष सिरियाका विभिन्न प्रशासनिक इलाकामा गरेको थियो सम्बन्धविच्छेद र एकल महिला निशानामा‘भ्वाईस फ्रम सिरिया २०१८’ नामको यो रिपोर्टमा लैंगिक हिंसाको विश्लेषण गरिएको छ, जसमा केही घटनाबारे जिकिर गरिएको छ रिपोर्टमा भनिएको छ, ‘महिला र युवतीहरु अधिकारीहरुसँग केही समयका लागि विवाह गरिरहेका थिए, ताकी खाने कुरा प्राप्त गर्न सकियोस् । बदलामा उनीहरु महिलासँग सेक्सको प्यास मेट्छन् ।’महिला र युवतीसँग राहतकर्मीले फोन नम्बर माग्ने गर्छन र पछि घरमा नै पुग्छन् । पति गुमाएका र सम्बन्ध विच्छेद भएका महिलाहरु उनीहरुको निशानामा पर्ने गर्छन् ।यस प्रकारको पहिलो घटना तीन वर्षअघि बाहिर आएको थियो । सहयोग पुर्याउने संगठनका लागि सल्लाहकारको काम गरिरहेका डेनिएल स्पेन्सरसँग सन् २०१५ मा जोर्डनमा केही सिरियाली महिलाको समूहले यसबारेमा उजुरी गरेका थिए स्पेन्सर भन्छन्, ‘ती अधिकारीहरु राहत सामग्रीको बदलामा सेक्स गर्न नमानेसम्म रोकेर राख्दथे ।’ उनले भने, ‘मलाई याद छ कि एक महिला कोठामा रोइरहेकी थिइन् । उनीसँग जे भएको थियो, त्यसबाट उनी धेरै दुःखी थिइन् ।’ सिरियामा महिलाहरुलाई राहत सामग्री दिएको समयमा सुरक्षाको आवश्यकता छ ४० प्रतिशत महिला यौन हिंसाको शिकारद इन्टरनेशनल रेस्क्यु कमिटिले यस्तै सर्वेक्षण सन् २०१५ मा गरेको थियो, जसमा १९० महिला र युवती सामेल थिए । रिपोर्टका अनुसार ४० प्रतिशत महिलाहरु राहतको बदलामा यौन हिंसाको सिकार भएका थिए दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय भएको सर्वेक्षणको निश्कर्ष थियो । यी दुवै रिपोर्ट १५ जुलाई २०१५ मा संयुक्त राष्ट्र संघ जनसंख्या कोषको बैठकमा पेश गरिएको थियो । जोर्डनको राजधानी अम्मानमा भएको बैठकमा संयुत्तः राष्ट्र संघ र अन्तर्राष्ट्रिय संगठनले भाग लिएका थिए द इन्टरनेशनल रेस्क्यु कमिटिका प्रवक्ताले भने, ‘हामीले दक्षिणी सिरियाका महिला र युवतीलाई राम्रो सुरक्षाका लागि नयाँ कार्यक्रम सुरु गरेका छौं ।’ केयर संस्थानले सिरियामा निगरानी टिमको विस्तार गरेको छ र राहत सामग्री स्थानीय एजेन्सीलाई दिन बन्द गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया