गगन अयडीधनगढी, फागुन १६ – सेती अञ्चल अस्पतालले हेमोडाइलासिस मेसिन सञ्चालन गर्न नसकेपछि निजी संस्थालाई सञ्चालनका लागि दिएको छ । प्रदेशको एकमात्र रिफरल अस्पताल रहेको सेती अञ्चल अस्पतालले सेवा दिन नसके पछि बिरङ हेल्थ केयर प्रालिलाई सञ्चालनका लागि दिएको हो चार वटा हेमोडाइलासिस मेसिन रहेको अञ्चल अस्पतालमा सेवालाई प्रभावकारी बनाउन निजी संस्थालाई दिएको अस्पतालले बताएको छ । हेमोडाइलासिस मेसिनबाट दिइने सेवा निजीबाट पनि सरकारी शुल्क सरह प्रदान गरिने बताइएको छ । तीन सय शैयाको अस्पतालमा बिस्तार गर्ने भनिएको अञ्चल अस्पतालमा अहिले भएका सेवालाई पनि निजी संस्थालाई सञ्चालन गर्न दिने अवस्थामा आएको छ अञ्चल अस्पतालमा बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएपनि बारम्बार सेवा प्रभावित हुँदा बिरामीहरु समस्यामा पर्ने गरेका थिए । अहिले एक हप्तामा २४ जनालाई सेवा समेत हेमोडाइलाइसिस मेसिनबाट दिन सकिरहेको छैन । बारम्बार मेसिन खराब हुने समस्या आउन थालेपछि अञ्चल अस्पतालको सो सेवा बिरङ हेल्थ केयर प्रा.लिले सञ्चालन गर्ने गरी प्रदान गर्न लागेको अस्पतालले जानकारी दियो । सो प्रा.लि र सेती अञ्चलबीच १५ बुँदे सम्झौता भएको छ सम्झौता पत्रमा सेती अञ्चल अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डा. सजन के.सी र श्री बिरङ हेल्थ केयर प्रा.लिका प्रमुख व्यवस्थापक राजिव शाक्यले हस्ताक्षर गरेका छन् । सेती अञ्चल अस्पतालको हेमोडाइलासिस सेवा सो कम्पनीलाई दिने नेपाल सरकार सचिव स्तरको मिति २०७४ असोज ८ गते निर्णय भएको जनाइएको छ । सम्झौतापछि सेवाको प्रभावकारितामा जोड दिने अपेक्षा रहेको सेती अञ्चल विकास समितिकी अध्यक्ष रीता बमले आशा व्यक्त गरेकी छिन् सम्झौता भएको मितिबाट एक महिनामा सेती अञ्चल अस्पतालमा १० हेमोडाइलाइसिस मेसिन उपलब्ध गराउने कम्पनीले जनाएको छ । सो कम्पनीका प्रमुख ब्यवस्थापक राजिव शाक्य मेसिन सञ्चालनका लागि थप जनशक्ति सहितका प्राविधिक आउने बताए बारम्बार मेसिन खराब हुने समस्या केही हदसम्म समाधान हुन्छ उनले भने । अस्पतालका निमिक्त सुपरिटेण्डेन डा. सजन के.सीले अबको एक महिनामा थप ९० जना भन्दा बढी बिरामीलाई हेमोडाइलासिस सेवा दिन सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया