मान्छेमा बुद्धिको विकास कसरी भयो? थाहा पाउनुस्

वैज्ञानिकले मान्छेको बुद्धिको उत्पत्तिको कारण पत्ता लगाएका छन् । वैज्ञानिकहरुले भनेका छन् कि, पचास करोड साल पहिले एक जैविक घटनापछि मान्छेमा सोचको जीन विकसित भयो । एडिनवर्ग विश्वविद्यालयका शोधकर्ताले मान्छे र अन्य स्तनधारीमा बुद्धिमताको विकासको मुख्य कारण पत्ता लगाएका छन् वैज्ञानिकले भनेका छन्, हाम्रा पूर्वजको दिमागमा केही जीनको संख्यामा वृद्धि हुँदा मान्छेको बुद्धिमताको विकास भएको हो । वैज्ञानिकले यो पनि भनेका छन्, हाम्रो मानसिक क्षमता बढाउने क्षमताका यही जीनका कारणले गर्दा कतिपय अवस्थामा विसङ्गति दिमाग बन्न पुग्छ शोधकर्ताका अनुसार पाँच करोड साल पहिले समुद्रमा बस्ने एक सरल जीवमा यस्तो जैविक घटना घटेको थियो । त्यसको परिणामस्वरुप उत्पन्न जीनको अतिरिक्त जीन बनेका थिए त्यस जीवको पछिल्लो पिढी र त्यसका अतिरिक्त जीनलाई अतिरिक्त लाभ मिल्यो । त्यही लाभ मान्छेसम्म पुग्यो यस अध्ययनमा सामिल क्याम्ब्रिज विश्वविद्यालका डाक्टर टिम बुस्से सहितको टिम थियो र त्यही टिमले यस्तो निष्कर्ष निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?