कालीकोट, १७ फागुन – बिहान उठ्ने बित्तिकै नरहरिनाथ गाउँपालिकाका अनरुप विष्ट गाउँ गाउँका खुद्रा पसल चहार्छन । उनले सदरमुकामबाट रिचार्ज कार्ड ल्याएर गाउँ गाउँमा बिक्री गर्छन विष्टले गाउँ गाउँमा पुगेर मासिक रु तीन लाखदेखि रु चार लाखसम्मको रिजार्च कार्ड बिक्री गर्छन । उनले रिचार्ज कार्ड बिक्री गरेर मासिकरुपमा रु १२ हजारदेखि रु १५ हजारसम्म आम्दानी गर्छन “निश्चित व्यापारीलाई ग्राहक बनाएको छु,” विष्टले भने । यसबाट आफूलाई घरखर्च र बालबच्चाको पठनपाठनका लागि सहज भएको उनको भनाइ छ । जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा रु १०० को रिचार्जको कमिसन रु १० देखि २० सम्म लिने गरिएको छ । “महिनामा रु पाँच लाखसम्मको रिचार्ज कार्ड बिक्री हुन्छ,” उनले भने । गाउँका अधिकांश खुद्रा पसलबाट रिचार्ज कार्ड बिक्री हुन्छ । रिजार्च कार्ड ल्याउन सदरमुकाम आउजाउ गर्दा अत्यधिक खर्च हुन्छ यस्तै, नरहरिनाथ–३ का व्यापारी भावना बुढा गाउँमै नियमित रुपमा रिजार्ड कार्ड प्राप्त हुँदा सहज भएको बताउछन । जिल्लाको अति विकट मानिएको पलांता गाउँपालिकामा रु १०० को रिजार्च कार्डमा रु २० सम्म थप रकम लिने गरेको पाइएको छ । अहिले अधिकांश नागरिक फेसबुक र अन्य सामाजिक सञ्जालमा जोडिएका कारण रिचार्ज कार्डको माग बढ्दो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया