काठमाडौं । साउथ सुपरस्टार महेश बाबूलाई नचिन्ने हामी कमै होलाउँ । उनी बलिउडमा त्यति सक्रिय छैनन्, तर उनको सानले सारा विश्व लोभिन्छ ।
उनले आफ्नो करियर नाम मात्र नभएर पैसा पनि त्यत्तिकै कमाएका छन् । उनीसँग सायदै केहि कमी छैन भन्दा फरक नपर्ला । उनीसँग भ्यानिटी भ्यान समेत रहेको छ । त्यसको मूल्य भारतीय ६ करोड भन्दा धेरै छ ।
उनी एक समयमा सन् २०१३ मा महृश टाइम्सका मोस्ट डिजायरेबल म्यान बनेका थिए । यो त्इो बेला थियो जुन बेला उनको लक्स ऋतिक रोशनलाई टक्कर दिन्थ्यो । उनले ७ नन्दी पुरस्कार, ५ फिल्मफेयर पुरस्कार र १ अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कार पाएका छन् । उनी गाडीका एकदमै सौखिन छन् ।
उनीसँग महंगा गाडी र बंगाला पनि छन् । तर महेश बाबूका दुई बैंक खातालाई जीएसटी विभागले सील गरेको थियो ।
उनले सन् २००७ ००८ मा केहि फिल्म र एडको सर्भिस ट्याक्स तिरेका थिएनन् । उनले सन् २००५ मा बलिउड एक्ट्रेस नम्रता शिरोडकरसँग विवाह गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया