पर्यटन क्षेत्र प्रवर्द्धनका लागि के गर्ने ? यस्तो छ पर्यटन बोर्डका पूर्व सीइओ जोशीको तर्क

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले ‘निःशुल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अवलम्बन गरे बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका छन् ।

विश्व नै कोरोनासँग जुधिरहेको भएपनि नेपालका पर्यटकीय गन्तव्यहरु कोरोनाबाट सुरक्षित रहेको सन्देश प्रवाह गर्दै ‘निःशूल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अबलम्बन गरे बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने उनले बताए । नेपाल सुरक्षित गन्तव्य बनेको सन्देश दिन आन्तरिक पर्यटन खुला गर्नुपर्ने उनले बताए । विदेशबाट आउने व्यक्तिलाई कम्तिमा १४ दिन क्वान्टाइनमा बस्नैपर्ने नीतिका कारण पर्यटकहरु आउन नचाहेको उल्लेख गर्दै उनले क्वारेन्टाइन नभएर पीसीआरलाई अनवार्य बनाउनुपर्ने बताए ।यसै विषयमा कुराकानीमा उहाँले विदेशी पर्यटकलाई आफ्ने देशमा नै पीसीआर टेस्ट गर्ने र नेपाल आएपछि पुनः पीसीआर टेस्ट गर्ने प्रवाधान राख्नुपर्ने बताए । सात दिन भन्दा बढी बस्नेको हकमा घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने उनको भनाई छ । उनले भिषा शूल्क बापतको रकमले पीसीआर परीक्षण अनिवार्य बनाउन सकेमा बाह्य पर्यटक भित्र्याउन समस्या नहुने बताए ।

सरकारले पर्यटन पुर्नउत्थानका लागि छुट्याएको ५० अर्बको कोष तत्काल परिचालन गर्नुपर्नेमा पनि जोशीले जोड दिए । कोषलाई आवश्यक परेको समयमा परिचालन गर्न नसकिए कुनै अर्थ नहुने उल्लेख गर्दै उनले १५÷२० दिनभित्रमै यसको परिचालन गर्नसक्नुपर्ने बताए । व्यवसायी र पर्यटन क्षेत्रका कर्मचारीहरु मर्कामा रहेको समयमा कोष परिचालन गर्न सके त्यसले ठूलो अर्थ राख्ने उनले बताए ।

गैरपर्यटन क्षेत्रका व्यक्तिहरुले समेत पर्यटन क्षेत्रमा लगानी बढाइरहेकले रोजगारीका अवसरहरुपनि सिर्जना भइरहेको उनले बताए । देशलाई समृद्ध बनाउन सक्ने क्षेत्र पर्यटन पनि भएकाले यसको विकासका आवश्यक नीति नियम अवलम्बन गर्दै अगाडी बढ्नुपर्ने उनले बताए ।

नोटः यो समाचार केही टेलिभिजनको आग्रहमा पुनः छोटो गरी पठाएका छौं । आफ्नो अनुकुलतामा प्रयोग गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?