आज तराई–मधेशमा फागु पूर्णिमा (होली) मनाइँदै

काठमाडौं, १८ फागुन । देशको तराई–मधेशमा आज धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइँदै छ बिहीबार पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएका थिए भने आज तराई–मधेशका जिल्लाहरुमा मनाउन लागिएको हो होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ नेपाल सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?