होलीकै दिन बिदा दिन आग्रह

भद्रपुर, १८ फागुन – सरकारले अघिल्लो दिन नै होली पर्व मनाउन दिएको सार्वजनिक बिदाको विषयमा झापाली जनताले दुःख व्यक्त गरेका छन् वर्षौंदेखि तराईमा फागू पूर्णिमाको प्रतिपदाका दिन अर्थात् पहाडमा अघिल्लो दिन र तराईमा दोस्रो दिन होली पर्व मनाउँदै आएकामा गएको वर्षदेखि झापालाई पहाडकै जिल्लामा गाभेर पहिलो दिन नै सार्वजनिक बिदा दिन थालेको हो बिहीबार होली भनिए पनि आमनागरिकले होली पर्व मनाउन उत्साहित देखिएन भने आज बिहानैदेखि युवायुवती होली पर्व मनाउनमा व्यस्त देखिन्छन् रंग र अबिर लगाउने तथा पिचकारी प्रयोग गरी यो पर्व हर्षोल्लासका साथ मनाउँंदै छन् भने बजारमा रंग, अबिर, फलफूल, मिठाई र मासुको बिक्री आज बढेको पाइएको छ तराईमा आज होली भएको तर झापामा आज सार्वजनिक बिदा नभएकाले सरकारी कार्यालय पनि सुनसान देखिन्छ । कार्यालय खुला भए पनि सदरमुकामभन्दा बाहिरबाट आउने कर्मचारी कार्यालयमा देखिँदैनन् भने सेवाग्राहीको पनि उपस्थिति देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?