काठमाडौं । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेष राशि भएका व्यक्तिहरुका लागि विद्या भावमा सूर्य,भाद्र १६ गतेसम्म विद्या भावमा र भाद्र १७ गतेबाट प्रतिस्पर्धा भावमा बुध, भाद्र १४ गतेसम्म पराक्रम भावमा र भाद्र १४ गतेपछि सुखभावमा शुक्र,राशि स्वामी मंगल खर्च भावमा,बृहस्पति,शनि र केतु भाग्य भावमा र राहु पराक्रम भावमा गोचर गरिरहेका छन् ।
सबै ग्रहगोचरको अध्ययन गर्दा खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । समयमा काम नसकिने तथा वौद्धिक व्यक्तित्वसँग सैद्धान्तिक राय बाजिनेछ ।
तर पनि बुध,शुक्र तथा भाग्य भावमा गोचर गरिरहेको बृहस्पती तथा शनिको अनुकुल प्रभावले राननीति तथा समाजसेवमा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो योग बनेको छ । लेखन,कला तथा सहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समयले साथ दिनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भूमि तथा पैत्रिक धन प्रयोग गरि मनग्गे धन सम्पत्ती कमाउन सकिनेछ । खाद्यान्न, औषधि तथा निर्माण सामाग्रीको व्यापार फस्टाएर जानेछ भने अन्य व्यवसायमा मन्दि आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि महिनाको दोस्रो हप्ताबाट समय उत्तम रहेको छ ।
वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो)
वृष राशि हुनेहरुका लागि सुख भावमा सूर्य,भाद्र १६ गतेसम्म सुखभावमा र भाद्र १६ गतेपछि विद्या भावमा बुध,भाद्र १४ गतेसम्म धन भावमा र भाद्र १४ गतेपछि पराक्रम भावमा राशि स्वामी शुक्र । बृहस्पति,केतु र शनि कष्ट भावमा । मंगल लाभ भावमा र राहु धन भावमा गोचर गरिहेका छन् ।
सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मिहेनत गर्नुपर्ने भएकोले राजनीतिकर्मि,समाजसेवी तथा घर जग्गाको कारोवार गर्ने व्यापारीहरुका लागि समय मध्ययम रहेको छ । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कष्ट भावमा गोचर गर्ने बृहस्पती,केतु तथा शनिको अढैयाको पनि प्रभाव रहने हुनाले घरपरिवारमा आर्थिक समस्या हुने तथा ऋण,रोगको सामाना गर्नुपर्नेछ । अध्ययनको लागि समय प्रतिकुल रहनेछ ।
तर पनि महिनाभर नै बुध,शुक्र तथा मंगलको प्रभाव भने अनुकुल हुनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामति,फौजि तथा सस्थानमा र प्राईबेट कम्पनिहरुका काम गर्नेहरका लागि समयले साथ दिनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो बिचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोवार गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सक्नेछन । उपहार तथा चिठ्ठा प्राप्तीको गतिलो योग रहेको छ । बैंक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित कारोवार केही मात्रामा फस्टाएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिथुन राशि हुनेहरुका लागि पराक्रम भावमा सूर्य,भाद्र १६ गतेसम्म पराक्रम भावमा र भाद्र १६ गतेपछि सुख भावमा बुध,भाद्र १४ गतेसम्म पहिलो भावमा र भाद्र १४ गतेपछि धन भावमा शुक्र । बृहस्पति,केतु र शनि व्यापार भावमा । मंगल राज्य भावमा र राहु पहिलो भावमा गोचर गरिहेका छन् ।
मिथुन राशि भएका व्यक्तिहरुका लागि यो महिना समय उत्तम रहेको छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमि क्रिर्याकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पति संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् ।
विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । बादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धविश्वास तथा कुसस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भमिका निर्बाह गर्नेछ । माया प्रेमका सम्बन्धहरु विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । व्यापार भावमा गोचर गर्ने बृहस्पती र राज्यभावमो गोचर गर्ने मंगलको शुभ प्रभावले खाद्यान्न,औषधि तथा निर्माण सामाग्रीको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कर्कट राशि हुनेहरुका लागि धन भावमा सूर्य,भाद्र १६ गतेसम्म धन भावमा र भाद्र १६ गतेपछि पराक्रम भावमा बुध,भाद्र १४ गतेसम्म खर्च भावमा र भाद्र १४ गतेपछि पहिलो भावमा शुक्र । बृहस्पति,केतु र शनि प्रतिस्पर्धा भावमा । मंगल भाग्य भावमा र राहु खर्च भावमा गोचर गरिहेका छन् ।
दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई पहिचान गर्न नसस्दा उपलब्धी हातबाट फुत्किनेछ । धनसम्पत्ती हराउने,लुटिने तथा स्थाई सम्पतिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको,आँखा तथा पेट तथा छात्ती सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेण्टको क्षेत्रमा मन्दि आउनेछ ।
तर पनि बुध,शुक्र र मंगलको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलब्धी हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधिस,अधिवक्ता तथा नोकरीमा प्रतिष्पर्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोवार फस्टाएर जानेछ । बृहस्पती तथा शनिको प्रभावले उत्पादनमुखि तथा औषधिजन्य सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पानि सँग सम्बन्धित पेशा जस्तै जलसेना,हाइड्रो ईन्जिनियर, पौडिबाज,तेल प्रसोधन, खेतिपाति, पशुपालन,कृषि, डेयरि प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा काम गर्नेहरुका लागि भाद्र महिना प्रशंसा योग्य मानिन्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सिंह राशि हुनेहरुका लागि राशिमा सूर्य,भाद्र १६ गतेसम्म प्रथम भावमा र भाद्र १६ गतेपछि धन भावमा बुध,भाद्र १४ गतेसम्म लाभ भावमा र भाद्र १४ गतेपछि खर्च भावमा शुक्र । बृहस्पति,केतु र शनि बिद्या तथा सन्तान भावमा । मंगल कष्ट भावमा र राहु लाभ भावमा गोचर गरिहेका छन् ।
यो महिना खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरुसँग सानो सानो बिषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा बिशेष गरि उच्च रक्तचाप,टाउको दुखाई,छात्ती,आँखा तथा मौसमि रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । पेट सम्बन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानि र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ ।
तरपनि अन्य ग्रहको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ । माया प्रेममा मनमुटाब सिर्जना भएपनि अन्ततः एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ ।
प्रशासनिक कार्य,सेना,प्रहरी,गुप्तचर,सुरक्षा सँगठन,उद्योग, व्यवस्थापन,मेडिकल,राजनीति,प्यारामेडिकल क्षेत्र, रिसर्च,अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा यो महिना राम्रो प्रगति हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
कन्या राशि हुनेहरुका लागि खर्च भावमा सूर्य,भाद्र १६ गतेसम्म खर्च भावमा र भाद्र १६ गतेपछि प्रथम भावमा बुध,भाद्र १४ गतेसम्म राज्य भावमा र भाद्र १४ गतेपछि लाभ भावमा शुक्र । बृहस्पति,केतु र शनि शुख भावमा । मंगल व्यापार भावमा र राहु राज्य भावमा गोचर गरिहेका छन् ।
व्यवहारिक तथा आर्थिक उतारचडाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले आम्दानिको तुलानामा खर्च अधिक हुने हुँदा दैनिकी नराम्ररी गरि प्रभावित हुनेछ । राज्यको नजिक रहि कामगर्नेहरुले काममा ढिला सुस्ति तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिुर्नु पर्ने हुन सक्छ भने राज्यको नुन खाएकाहरुले नियम संगत काम गर्न नसक्दा नोकरिमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला ।
महिनाभर नै शनिको अढैयाको प्रभाव रहने हुनाले सवारी साधन तथा घरजग्गाको कारोवार गर्दा ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । सामाजिक पद प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।
तर पनि बुध,बृहस्पती,मंगल तथा शुक्रका अनुकुल प्रभावले यात्रा हुनेछ भने विदेशमा बसेर समय लगानि गर्नेहरुका लागि समम फलदायी रहनेछ । विदेशी सामानको व्यापार गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोहरुका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ । यो महिना ब्यापार व्यवसाय,बाणिज्य,लेखन,कलासाहित्य तथा सबै खाले प्राबिधिक पेशामा कन्या रासि भएका व्यक्तिहरुले आफूलाई स्थापित गर्दछन् । साथै कम्यूनिकेसन,अफिसर, वकिल, राजनितिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा व्यवसायमा सफल हुने सहय रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तुला राशि हुनेहरुका लागि लाभ भावमा सूर्य,भाद्र १६ गतेसम्म लाभ भावमा र भाद्र १६ गतेपछि खर्च भावमा बुध,भाद्र १४ गतेसम्म भाग्य भावमा र भाद्र १४ गतेपछि राज्य भावमा शुक्र । बृहस्पति,केतु र शनि पराक्रम भावमा । मंगल प्रतिस्पर्धा भावमा र राहु भाग्य भावमा गोचर गरिहेका छन् ।
महिनाभर लाभ भावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकुल प्रभाव रहनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ भने मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । राजनीतिकर्मि,खेलाडी,पत्रकार तथा विद्यार्थीहरुका लागि समय उत्तम रहेको छ । नोकरी पाउने तथा पदोन्नतीको गतिलो योग रहेको छ ।
व्यापार व्यवसायमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,तरल पदार्थको कारोवारबाट मनग्गे धन सम्पत्ती आर्जन गर्न सकिनेछ । आकस्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेको छ ।
तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ती लाभ हुने ग्रहयोग रहेको छ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपूर्ण हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुबै कमाउन सकिनेछ ।
माया प्रेममा नजिक हुन सकिने तथा जीजन साथीको सहयोगले राम्रा तथा परिणाममुखि कार्य सकिनेछ । शुक्र र बुधको अनुकुल प्रभावले लेखन कला तथा साहित्य क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
कूटनिति, परराष्ट्र,राजनिति,राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्दछन् । त्यसैगरि स्पेश ईन्जिनियर,खगोलविज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिने सयम रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वृश्चिक राशि हुनेहरुका लागि राज्य भावमा सूर्य,भाद्र १६ गतेसम्म राज्य भावमा र भाद्र १६ गतेपछि लाभ भावमा बुध,भाद्र १४ गतेसम्म कष्ट भावमा र भाद्र १४ गतेपछि भाग्य भावमा शुक्र । बृहस्पति,केतु र शनि धन भावमा । मंगल बिद्या भावमा र राहु कष्ट भावमा गोचर गरिहेका छन् ।
महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले राजनितिकर्मि तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले उच्च पद पाउने गतिलो योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने यो महिना गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । नोकरि पाउने तथा पदोन्नतीको गतिलो योग रहेको छ ।
पढाई लेखाईमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनिति शास्त्र अध्ययन गर्नेहरुका लागि समय राम्रो रहेकोछ । पति पत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ । कला साहित्य तथा गित संगितमा बिषेश रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेको छ । बुध,शुक्र र मंगल र बृहस्पतीको अनुकुल प्रभावले पराक्रमी क्रियाकलापमा भाग लिनेहरुले नाम तथा दाम दुबै कमाउन सक्नेछन् ।
तर पनि शनिको अन्त्य साँढेसातीको प्रभाव रहने हुनाले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । नशा,प्यारालाईशिस,ग्याष्ट्रिक तथा दीर्घ रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
जो व्यक्तिहरु कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर हुनुहुन्छ । आयात, अनुसन्धान,केमिकल,रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान तथा समुन्द्र सँग सम्बन्धित काम गर्नेहरुका लागि यो महिना उत्तम रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धनु राशि हुनेहरुका लागि भाग्य भावमा सूर्य,भाद्र १६ गतेसम्म भाग्य भावमा र भाद्र १६ गतेपछि राज्य भावमा बुध,भाद्र १४ गतेसम्म व्यापार भावमा र भाद्र १४ गतेपछि कष्ठ भावमा शुक्र । बृहस्पति,केतु र शनि प्रथम भावमा । मंगल शुख भावमा र राहु व्यापार भावमा गोचर गरिहेका छन् ।
संघर्षका बावजुद,राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि राज्यबाट पद प्राप्तीको योग रहेको छ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबढा तथा विशिष्ट व्यक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ ।
बुध तथा शुक्रको अनुकुल प्रभावले गीतकार,संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि महिना मिश्रित रहेको छ ।
तर पनि शनिको मध्य साँढेसातीको प्रभावको कारणले घर गृहस्थीमा व्यवहारिक कुरा नमिल्दा केहि असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा मन्दि आउनेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
तर पनि प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भू उपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागि यो महिना राम्रो रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मकर राशि हुनेहरुका लागि कष्ट भावमा सूर्य,भाद्र १६ गतेसम्म कष्ट भावमा र भाद्र १६ गतेपछि भाग्य भावमा बुध,भाद्र १४ गतेसम्म प्रतिस्पर्धा भावमा र भाद्र १४ गतेपछि व्यापार भावमा शुक्र । बृहस्पति,केतु र शनि खर्च भावमा । मंगल पराक्रम भावमा र राहु प्रतिस्पर्धा भावमा गोचर गरिहेका छन् ।
महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनिति तथा समाजसेवामा तपाईको उपस्थिती कमजोर रहनेछ । सवारि साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुख पाईनेछ । स्थाई सम्पत्तीमा विवाद आउने योग रहेको छ भने दिदि बहिनी तथा आफन्तसँग अनावस्यक विवाद हुनेछ ।
शनिको आध्य साँढेशातीको प्रभाव महिनाभर रहनेछ । जसको कारणले घर परिवारका आफन्तको स्वास्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
तर पनि बुध,शुक्र तथा अरु ग्रहको अनुकुल प्रभाव रहनाले व्यापार व्यवसाय फस्टाएर जानेछ । मेहनेत गर्दा पढाई लेखाईमा नतिजा तपाईको हातमा पर्नेछ । नसोचेको धन तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ ।
मार्केटिङ, बिमा, एकाउन्ट,बैंक तथा वित्तिय संस्था जस्ता क्षेत्रमा चाँडै सफलता प्राप्त गर्दछन् । डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष, न्यायाधीस, ईन्जिनियर, व्यवस्थापक,वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पदमा रही काम गर्नेहरुका लागि यो महिना केही शुभ रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कुम्भ राशि हुनेहरुका लागि व्यापार भावमा सूर्य,भाद्र १६ गतेसम्म व्यापार भावमा र भाद्र १६ गतेपछि कष्ट भावमा बुध,भाद्र १४ गतेसम्म विद्या भावमा र भाद्र १४ गतेपछि प्रतिष्पर्धा भावमा शुक्र । बृहस्पति,केतु र शनि लाभ भावमा । मंगल धन भावमा र राहु विद्या भावमा गोचर गरिहेका छन् ।
महिनाभर नै व्यापार भावमा गोचर गर्ने सूर्यले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार तथा जीवन साथिसँग राय बाजिनेछ । साझेदारी व्यावसायमा लगानी गर्नेहरुका लागि यो महिना साझेदारहरु बीच मनमुटाव बढ्ने योग रहेको छ । घर परिवारका आफ्नो वा आफन्तको स्वास्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
तर पनि अन्य ग्रहको अनुकुल प्रभावले थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवश्यक्ताहरु पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । विवाह,वनभोज तथा यस्तै समारोहमा साथीहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ ।
यो महिना सञ्चार,कम्प्युटर, बिज्ञान तथा प्रविधि,रिसर्च,प्राविधिक काममा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहने छ । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा समय व्यतित गर्नेहरुका लागि पनि समय उत्तम रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मीन राशि हुनेहरुका लागि प्रतिस्पर्धा भावमा सूर्य,भाद्र १६ गतेसम्म प्रतिस्पर्धा भावमा र भाद्र १६ गतेपछि व्यापार भावमा बुध,भाद्र १४ गतेसम्म सुख भावमा र भाद्र १४ गतेपछि बिद्या भावमा शुक्र । बृहस्पति,केतु र शनि राज्य भावमा । मंगल प्रथम भावमा र राहु शुख भावमा गोचर गरिहेका छन् ।
मीन राशि भएकाहरुका लागि यो महिना उत्तम रहेको छ । छैटौँ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले साहसी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगि बन्नेछन् । नोकरिमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । अदातल तथा न्यायालयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तीको योग रहेको छ ।
बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने औषधि,खाद्यान्न,निर्माण सामाग्रीको व्यवसाय गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ ।
पढाई लेखाईमा अरुलाई पछाडी छोड्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेको छ । राजनीतिकर्मी,समाजसेवी,पत्रकार,खेलाडी,विद्यार्थी तथा मेडीकल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुका लागि यो महिना उत्तम रहेको छ । लेखन, साहित्य,कविता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हास्य विधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा काम गरि नाम कमाउनु हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया