काठमाडौं । भाद्र महिनामा ५ सोमवार,५ मंगलवार र ५ बुधवार तथा सूर्यसंक्रान्ति सोमवार परेको छ । भाद्रपद कृष्णपक्ष,भाद्रशुक्लपक्ष,आश्विनकृष्णपक्ष भदौ महिनामा नै पर्दछ । सोमबारिय संक्रान्तिले राक्षसीपन हटेर सबैलाई सुखी बनाउनेछ । ५ सोमवार परेको हुनाले महिना शुभ रहनेछ । ५ मंगलले भयपूर्ण वातावरण निम्त्याए पनि ५ बुधवारले कृषिउपजको उत्पादन र रसवस्तुको राम्रो उत्पादन हुनेछ ।
शिक्षामा अघिल्लो महिनाभन्दा सुधारको मार्गहरु देखिनेछन् । स्वास्थ्य विज्ञानमा केही जटिल परिस्थितिको सिर्जना भएपनि रोगव्याधिको प्रकोपमा निर्मुलता आभाष पाईनेछ । व्यापार व्यवसाय,कृषि तथा पशुपालन क्षेत्रमा गरिरे कारोबार बढेर जानेछ । राज्यमा बसेर काम गर्नेहरु जनताको काममा अघिल्ला महिनाभन्दा सक्रिय भएर लाग्नेछन् । प्रशासनिक क्षेत्रले जनहितार्थ कार्यमा अग्रसरता देखाउँदै जानेछ । सामाजमा धार्मिक गतिविधि कम भएपनि मानिसको मनमा धर्मप्रति आस्था जागृत हुनेछ । राज्यको अहित सोच्नेहरु निरुत्साहित हुँदै जानेछन् । सामाजिक कुसंस्कार लगाएर पापकर्ममा लाग्नेहरु सक्रिय भएर लाग्न सक्छन् ।
जोश जाँगरमा वृद्धि भएपनि काममा सफलता कमै पाईनेछ । दैवीय विपत्ति लगाएर दुर्घटनाहरु बढेर जानेछ । अनावश्यक व्यावभार नियन्त्रण गर्न कठिन हुनेछ । दैनिक उपभोग्य वस्तु ,लत्ता–कपडा बहूमूल्य धातु जस्तै सुन चाँदी तथा रत्नको भाउ अनियन्त्रित गतिमा बढ्नेछ ।
पहिलो साता मेघबादल गर्जन सहित भारी वर्षाको संभावना देखिएपनि वर्षा पुरै महिनाभर हुनेछ । कहीकतै बाढी तथा पहिरोले जनजीवन नै अस्त व्यस्त हुनेछ भने वायू बतासले चिसो पनि बढ्नेछ । केहि समय अगिदेखि फैलदै गरेको माहामारी अझ बढेर जानेछ । खास गरेर अन्यत्रभन्दा शहर तथा घना अवादी भएका ठाउँहरुमा प्रकोप बढेर जानेछ ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया