कोरोना रोकथाम कोषमा बैंकहरुमध्ये नविलको सबैभन्दा धेरै सहयोग

काठमाडौं । सरकारले बनाएको कोरोना महामारी नियन्त्रण कोषमा नविल बैंकले सबैभन्दा बढी रकम सहयोग गरेको छ ।

बैंकले कोरोना कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले आज रकमको चेक सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका छन् ।

चेक हस्तारन्तरणपछि शाहले भने, “नबिल बैंकले कोरोना भाइरस महामारीका प्रभावविरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्याउन पाउनु ठूलो सम्मान हो। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरिका नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?