यसरी हेर्नुहोस् एईईको परीक्षाफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । गत वर्षको चैत ६ गतेको लागि तोकिएको परीक्षा कोरोनाको कारण रोकिएको थियो । परीक्षा नभएपनि आन्तरिक मूल्यांकनको आधारमा परीक्षाफल सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

कसरी हेर्ने नतिजा ?

बोर्डका अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।

यस अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडीयू सञ्जाल डटकम, नेपाल टेलिभिजन कान्तिपुर पब्लिकेसन प्रालीमार्फत पनि नतिजा हेर्न सकिनेछ ।

शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार लाख ८२ हजार जनाले फारम भरेका थिए। हाल चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?