बुर्किना फासोमा आतंकवादी हमला हुँदा १७ जनाको मृत्यु

काठमाडौं, १९ फागुन । अफ्रिकी मुलुक बुर्किना फासोको राजधानी औगादोगुमा आतंकवादी हमला हुँदा १६ जनाको मृत्यु भएको छ भने अन्य ८० जना घाइते भएका छन् औगादोगुमा रहेको फ्रान्सेली दूतावास र सैन्य मुख्यालय नजिकै भएको आक्रमणमा ८ सुरक्षाकर्मी र ८ आक्रमणकारी गरी १६ जनाको मृत्यु भएको हो बुर्किना फासोका सुरक्षामन्त्री क्लेमेन्ट सावाडोगोले सैन्य मुख्यालयमा क्षेत्रीय आतंकवाद नियन्त्रणसम्बन्धी बैठक भइरहेका बेला आत्मघाती कार बम आक्रमण भएको जानकारी दिएका छन् फ्रान्सका विदेशमन्त्री जेन–एभ्स–ले ड्रायनले आतंककारी हमलामा संलग्नहरुको तत्काल पहिचान गरिने बताएका छन् बुर्किनाफासोको राजधानीमा दुई वर्षभित्र भएको यो तेस्रो आतंकवादी हमला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?