ट्रम्पलाई ट्रुडोले दिए गम्भीर बाधा ल्याउने चेतावनी

ओटावा, १९ फागुन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प स्टिल र अलुमिनियम आयातमा करहरू बढाउने आफ्नो योजना अनुसार अघि बढे त्यसले गम्भीर बाधाहरू ल्याउने चेतावनी दिएका छन् ट्रम्पको प्रस्ताव अस्वीकार्य भएको भन्दै उनले क्यानडाले आफ्ना उद्योगहरूको संरक्षण गर्ने बताएका छन् । अमेरिकाले सजिलै ‘व्यापार युद्ध’ जित्छ भन्ने ट्रम्पको दाबीविरुद्ध आएका चेतावनीको श्रृंखला मध्ये यो पछिल्लो हो आयातमा कर लगाउँदा त्यसले अन्तर्राष्ट्रिय स्तरमा मात्रै नभइ स्वयं अमेरिकालाई पनि क्षति पुर्याउने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सचेत गराएको छ ट्रम्पले अन्य देशबाट खरिद गरिएका स्टिल र अलुमिनियममा कर लगाउने निर्णय मुख्य गरी राष्ट्रिय सुरक्षाका कारण भएको बताएका छन् आइएमएफले भने अन्य देशहरूले पनि यही कारण देखाउँदै व्यापारमा कडा प्रतिबन्धहरू भविष्यमा लगाउन सक्ने भन्दै चिन्ता जनाएको छ यसअघि युरोपेली आयोगका अध्यक्ष जोन क्लाउड जंकरले ट्रम्पको निर्णय युरोपेली उद्योगका लागि उचित नभएको भन्दै आफू चुप लागेर नबस्ने बताएका थिए ट्रम्पले बिहीवार स्टिल र अलुमिनियम धातु आयातमा कर लगाउने घोषणा गरेका थिए । उनको यो कदमको विश्वभरबाट आलोचना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?