काठमाडौं, २० फागुन । अमेरिकी राष्ट्रपति भवन कार्यालय ह्वाइट हाउस अघि एक व्यक्तिले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् अमेरिकामा पछिल्लो समयमा बन्दुक नियन्त्रणको बहस चलिरहेका बेला उनले ह्वाइट अघि गरेको यो आत्महत्याको कारण भने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आत्महत्या गर्ने व्यक्तिको नाम समेत खुलाइएको छैन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसहित फ्लोरिडामा घुम्न गएका बेला यो घटना भएका हो वाशिङगटन पोस्टले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ति व्यक्तिले मानिसहरुको भिडभाड भएको क्षेत्रमा उभिएर आफैलाई गोली हानेको उल्लेख गरेको छ ह्वाइट हाउसअघि नै यस्तो घटना घटेपछि त्यहाँ भागदौड मच्चिएको थियो । यद्यपि सो घटनाबाट कुनै क्षति भने भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया