बुटवल, २० फागुन । नेपाली काँग्रेस प्रदेश नं. ५ को संसदीय दलको नेताका लागि चुनाव हुने भएको छ काग्रेसले सहमतिका आधारमा ५ नम्वर प्रदेशको संसदीय नेता चयन गर्न केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई खटाएपनि सहमतिको प्रयास सफल हुन नसकेपछि चुनाव हुन लागेको हो कांग्रेस नेता खाँणले आकांक्षीहरुसँग छलफल गरेर नेता चयन गर्न प्रयास गरेका थिए । तर कुनै पनि आकांक्षी पछि नहटेपछि चुनावको तयारी भएको हो निर्वाचन गराउन काग्रेसले अधिवक्ता डा.बुद्धबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरेको छ । समितिले मनोनयनका लागि दिएको समयसीमामा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् फागुन ६ गतेका लागि तय भएको निर्वाचनमा ५ जनाले उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिका अनुसार, प्रदेश सांसदहरु वलदेव शर्मा पोखरेल, वीरबहादुर राना, वीरेन्द्र कनोडिया, फकरुद्धिन खां र डिल्ली चौधरीले उम्मेदवारी दर्ता गराएका छन् संसदीय दलको नेता चयनका लागि फागुन २६ गते ११ बजे निर्वाचन हुनेछ । निर्वाचन समितिका अनुसार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले २६ गते १ बजेसम्ममा नाम फिर्ता लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया