रिलायन्सले आइपीओ खुला गरेको दोस्रो दिन : १ अर्ब २७ करोड बराबर रकमको आवेदन

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयरमा दोस्रो दिन आज साढे ४ बजेसम्ममा एक अर्ब २७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । रिलायन्सले बिहीवारबाट सर्वसाधारणको लागि आवेदन खुला गरेको हो ।

आवेदन खुला गरेको दोस्रो दिनसम्म २ लाख ९३ हजार ९२५ आवेदकले एक करोड २६ लाख ७० हजार ९६० कित्ता शेयर माग गरेको इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ ।

कम्पनीले जारी गरेको कुल ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेर बाँकी शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । भने हाल रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?