शिक्षामा २० प्रतिशत लगानी र प्राविधिक शिक्षा ७० प्रतिशत गर्न माग

धुलिखेल, २० फागुन । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेस्ववियु (क्रान्तिकारी) काभ्रेपलाञ्चोकको १९औँ जिल्ला सम्मेलनले युवराज लामाका अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समिति चयन गरेको छ शनिबार बनेपामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा विजय लामा र निरेश लामा, सचिवमा विनोद चौलागाईं, सहसचिवमा अमृत अधिकारी र रचना तिमल्सिना तथा कोषाध्यक्षमा दिर्जा वाइबालाई चयन गरेको छ सदस्यमा विकास लामा, वसन्त तामाङ, विजयकुमार तामाङ, दीपक विश्वकर्मा, सुन्दर सुनाम, विश्वनाथ अधिकारी, बुद्ध लामा, गोविन्द तिमल्सिना, विमल तामाङ, सन्दीप ढकाल, सिर्जना दोङ, नवीना काफ्ले, अनिता ढुंगेल, ईश्वरी चौलागाईं, मुना पौडेल, सुजा श्रेष्ठ, सुष्मिता ढुंगाना, सुनीता श्रेष्ठ, अनिशा श्रेष्ठ, पवन घिमिरे, पृथ्वीराज तामाङ, वीना भुजेल, मिलन पाख्रिन, मिसन स्याङ्तान, स्मृति रेग्मी र तेजबहादुर मिजार रहेका छन् कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रञ्जित तामाङले वाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएअनुसार शिक्षामा २० प्रतिशत लगानी गर्न र शिक्षामा ७० प्रतिशत प्राविधिक शिक्षाको व्यवस्था गर्न समेत सरकारसँग माग गरे ।“विद्यार्थी र अभिभावकलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था अविलम्ब गर्न हामीले प्रधानमन्त्रीलाई भनेका छौँ”, तामाङले भने, “ सात वटै प्रदेशमा एक एक वटा मेडिकल कलेज स्थापना गर्न पनि हामीले अनुरोध गरेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?