मेघालयको मुख्यमन्त्रीबाट साङ्माको राजिनामा

शिलोङ – भारतको मेघालय राज्यका मुख्यमन्त्री मुकुल साङ्माले आइतबार पदबाट राजिनामा दिएका छन मुख्यमन्त्रीले मेघालयको विधानसभाको नतिजा सार्वजनिक भएपछि मेघालयका गभर्नर गङ्गा प्रसाद समक्ष राजीनामा पेश गरेका हुन् मेघालयको विधानसभामा कुनै पनि दलको एकल सरकार गठन गर्नेगरी निर्वाचनको नतिजा प्राप्त हुन सकेको छैन मेघालयको विधानसभामा सबैभन्दा बढी भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्ग्रेस–आई)ले २१ सिट प्रतिनिधित्व गर्न सफल भएको छ भने नेशनल पिपुल्स पार्टीले १९ सिट प्राप्त गरेको छ प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले दुई र युनाइटेड डेमोक्रेटिक पार्टीले छ स्थान प्राप्त गर्न सफल भएको छ । यसले अवको सरकार दुई वा सोभन्दा बढी दलबीच हुने गठवन्धन सरकार बन्ने प्रष्ट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?