देशभर बैंक तथा वित्तीय संस्थाको शाखा कति ?

काठमाडौं । कुल ७५३ स्थानीय तहमध्ये ०७७ असारसम्म ७४७ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

२०७६ असारसम्म वाणिज्य बैंकका शाखा विस्तार भएको स्थानीय तहहरुको संख्या ७३५ थियो ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७६ असार मसान्तमा १७१ रहेकोमा २०७७ असार मसान्तमा १५५ कायम भएको छ । यस अनुसार २०७७ असार मसान्तमा २७ वाणिज्य बैंक, २० विकास बैंक, २२ वित्त कम्पनी, ८५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७७ असार मसान्तमा ९७६५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?