आयात कम हुँदा मुलुकबाट मुद्रा कम बाहिरियो : राष्ट्र बैंक

काठमाडौं । आयात कम हुँदा मुलुकबाट मुद्रा कम बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । जसका कारण यसपटक सोधानान्तर बचतमा उल्लेख्य प्रगति भएको छ । अघिल्लो वर्ष ६७ अर्ब घाटामा रहेको यस्तो बचत गएको असार मसान्तसम्म २ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ ।

विदेशी विनिमय सञ्चिती ३४.९ प्रतिशतले बढेको छ । १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिती छ ।
जसमा अमेरीकी डलरमात्र ११ अर्ब ६५ करोड रुपैयाँ छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?