काठमाडौं, २१ फागुन । चीनले आफ्नो रक्षा बजेटमा भारी वृद्धि गर्ने घोषणा गरेको छ ।प्रधानमन्त्री लि खचियाङले संसदको वार्षिक बैठकमा सम्बोधन गर्दै सैन्य बजेटमा ८ प्रतिशत बृद्धिको घोषणा गरेका हुन् ।यो घोषणासंगै चीनको आगामी वर्षका लागि सैन्य बजेट १ सय ७५ विलियन डलर पु¥याइएको छ । लीले आर्थिक वृद्धि दर ६ दशमलब ५ प्रतिशतको लक्ष्य राखेका छन् ।चिनियाँ सरकारले आगामी वर्षमा आर्थिक,जनसंख्या, गरिबी घटाउने जस्ता तीन वटा मुद्दामा ध्यान केन्द्रित गर्ने जनाएको छ ।नेशनल पिपुल्स कंग्रेसले एउटा व्यक्ति दुई कार्यकालका लागि मात्र राष्ट्रपति बन्न पाउने प्रावधान हटाउने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया