काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी आरटी पीसीआर परीक्षणको लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सीडीएल) कमलपोखरीसँग सहकार्य गरेको छ ।
हाल कोभिड-१९ को कठिन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ । जस अन्तर्गत एभरेष्ट बैंकको डेबिट र क्रेडिट कार्ड होल्डर ग्राहकहरुले सीडीएलबाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५५०० रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यस्तै नगद करोबारमा पनि कोभिड(१९ को जोखिम भएको हुँदा, ग्राहकहरुले ईबिएल मोबाईल बँकिङ्ग एप (EBL Touch 24) प्रयोग गरेर पनि कोभिड-१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् ।
बैंक र सीडीएल बीचको सहकार्यमा बैंकका नायब महाप्रबन्धक डा.सन्धीर कुमार र सि.डी.एल प्रयोगशालाका कार्यकारी निर्देशक, मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको हो ।
यस बैंकमा हालसम्म ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९५ शाखा संजाल, प्रादेशिक कार्यालय ,१२४ एटीएम बुथ सहित अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया