विश्व नारी दिवस (मार्च 8) को सन्दर्भमा-अम्बिका कार्की अमुमाइक अगाडि उभिएरतिमीले भन्छौ”नारी भनेका धर्ती हुन् “”नारी नै सृष्टि कर्ता हुन् “अनि त्यही रातयौवनको प्यास मेटाउनउन्मत्त भएरकतै लाइन लगाएरनजरको छनौटमा परेकीलाईअंगालोमा बेर्दैचुम्बन गरि मोहमा फसाउँनु भन्दानारी हकको कुरा नउठाईमलाई वेश्या भन ।मैले स्वतन्त्रताको गीत गाउनु भन्दामैले परिवर्तनको नारा लगाउनु भन्दार समानताको आवाज निकाल्नु भन्दाअघि मेरो छातीमा टेकेरमलाई बलत्कार गर्नेको लर्को कम भएनत्यसैलेअबको यो संस्कृतीलाईबढावा दिदैं जाऊअन्त्यको लागि पहल नगरीबरु मलाई वेश्या भन ।संघारमा नै भूगोलकोभु – मध्य रेखा जस्तोरेखा कोरेरमरुभूमिको दासताबनाई लाखौं मूल्य बराबरकासाङ्लो पहिराएरतिम्रा अतृप्त तृष्णामेटाउनु अघिमलाई वेश्या भन ।अग्र प्राणीका रुपमाआफूलाई निकै तागतिलो सम्झेरम जन्मिनु अगावैबिज्ञानको सहायतामाभ्रुण मै सेरिनु अघिमलाई वेश्या भन ।श्रम शोषणका विरुद्धमैले उठाएका हरेक बिषयतिम्रो न्यायलयको दैलोबाट भित्र पस्नु अगाडि नैमलाई वेश्या भन ।नत्रकिन हुन्छन् भ्रुणमा हत्या?किन गरिन्छन् धर्ती कै बलात्कार ?किन चुनिन्छे नारी प्रयोगका निम्ति ?किन लेखिदैन समानता ?किन असुरक्षित छन् नारीहरू ?प्यासीका प्यास मेटाउने नदिअनिहक अधिकार कै लागिअर्धमृत बनाएरजिवित राख्ने मात्रतिम्रो उदेश्य हो भनेमैले लडेकाका हरेक लडाई के का लागि ?त्यसैले पनि म वेश्या बन्न तयार छुभन्न बाध्य भएकोछु ।तिम्रो जो बिचार ….******************सर्लाही वाग्मती नपा(हाल चितवन भरतपुर)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया