निर्देशक भन्छन्, ‘गाजा बाजा’ युवाले हेर्नुपर्ने फिल्म

काठमाडौं, २१ फागुन – लामो समयसम्म शीर्षकमै अलमल परेको चलचित्र ‘गाजा बाजा’ अब रिलिज हुने भएको छ । सर्वोच्च अदालतले चलचित्र चलाउन पाउने अधिकार दिएपछि फिल्म रिलिज हुन लागेको हो ।‌‍ यो चलचित्रले झण्डै एकबर्ष अदालतमा मुद्दा खेलेको थियो ‌।‌ अब भने चलचित्र दर्शकमाझ आउँदैछ ।गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको चलचित्र लागू औषध विरुद्ध निर्माण भएको चलचित्र भनेर भन्दै आइ‌एको छ । चलचित्र निर्माण टीमले आइतबार नारायणघाटमा पत्रकार सम्मेलन गरी चलचित्र सम्बन्धी जानकारी दियो ।यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाजा बाजा’ मा तन्नेरी पुस्ताको कथा छ । निर्माण टीमले तन्नेरी पुस्ताले यो चलचित्र मन पराउने बताएको छ ।चलचित्रमा अनुपम शर्मा ,सुशील सिटौला, रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, वर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ । चलचित्र कमेडी जनरामा निर्माण भएको हो ।दीपेन्द्र रेग्मी र गोमा थापा विष्टको संयुक्त लगानीमा चलचित्र तयार भएको हो । डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?